GMAT Verbal Section सम्बन्धी जानकारी (MKS Education)

Verbal Section, GMAT का तीनवटा Section मध्ये अर्को महत्त्वपूर्ण भाग हो। यस Section मा करिब २३ वटा प्रश्नहरू हुन्छन्, जसलाई ४५ मिनेटभित्र पूरा गर्नुपर्छ।

नयाँ GMAT Focus Edition मा Verbal Section दुईवटा मुख्य भागमा सीमित गरिएको छ —

१. Reading Comprehension (RC)

२. Critical Reasoning (CR)

अर्थात्, Sentence Correction (SC) भन्ने भाग अब GMAT मा समावेश छैन। तर, KUMATSOMAT जस्ता परीक्षाहरूमा Sentence Correction अझै पनि अत्यन्त महत्त्वपूर्ण विषय हो।

MKS Education मा Verbal Section अन्तर्गत निम्न मुख्य विषयहरूमा विशेष रूपमा पढाइ गरिन्छ:

१. Reading Comprehension (RC) – passages पढेर बुझ्ने क्षमता, मुख्य विचार, tone, र inference सम्बन्धी प्रश्नहरूको अभ्यास गराइन्छ।

२. Critical Reasoning (CR) – तार्किक सोच, argument को कमजोरी वा बलियो पक्ष, र conclusion निकाल्ने क्षमतालाई विकास गराइन्छ।

३. Sentence Correction (SC) – Grammar, sentence clarity, र structure सुधारमा केन्द्रित विषय हो, जुन मुख्यतः KUMAT/SOMAT तयारीका लागि पढाइन्छ।

GMAT Focus तयारी गर्ने विद्यार्थीहरूले RC र CR मा ध्यान दिनुपर्छ, जबकि KUMAT/SOMAT तयारी गर्नेहरूले SC पनि राम्रोसँग अभ्यास गर्नुपर्छ। Verbal Section मा उच्च अंक हासिल गर्नका लागि नियमित reading habit, logical analysis, र grammar को सशक्त ज्ञान आवश्यक हुन्छ।